हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न पहल गर्छु : देउवा

हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न पहल गर्छु : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा उनले आरोहीको जीवन बिमा आवश्यक रहेको औँल्याए । यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरेर जीवन बिमाको पहल गर्ने उनले बताए ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झन्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो । ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका थिए । उनले यही जेठ १० गते विहान ६ः३६ बजे सगरमाथाको सफल आरोहण गर्दै राष्ट्रिय झण्डासँगै कांग्रेसको झण्डा फहराएका हुन् ।