प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिकमा भर्ना

प्रधानमन्त्री पत्नी सीता दाहाल नर्भिकमा भर्ना



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

लामो समयदेखि अस्वस्थ रहेकी उनलाई नर्भिक अस्पतालमा आज दिउँसो भर्ना गरेर उपचार थालिएको हो । उपचारकै क्रममा रहेकी सीतालाई भेट्न प्रधानमन्त्री दाहाल नर्भिक अस्पताल पुगेका थिए । प्रधानमन्त्री दाहाल केही समय नर्भिकमा बसेर फर्किएका छन् ।