नेपाली माँझ टाउन सुपर भाइजर (मेयर)

नेपाली माँझ टाउन सुपर भाइजर (मेयर)


ग्लोब नेपाल
783
Shares

लङ्ग आइलैंडमा बसोबास गर्ने नेपालीद्वारा आयोजित भेटघाट एवं स्वागत कार्यक्रममा हेम्स्टेड टाउनका टाउन सुपर भाइजर (मेयर) डन केल्विन, कम्यूनिटी एफियर एक्ज़ीक्यूटिव ज़ाहिद सैयदलाई स्वागत गरिएको छ ।

नेपालीहरूको बाक्लो बसोबास रहेको लङ्ग आइलैन्डमा आगामी नोभेम्वरमा हुने निर्वाचनको शिलशिलामा हेम्स्टेड टाउनका (मेयर) टाउन सुपर भाइजर डन केल्विनलाई स्वागत एवं इन्डोर्स गरिएको हो ।

न्यूयोर्क, अमेरिका र आगामी स्थानीय निर्वाचनका लागि अमेरिकाको न्यूयोर्क राज्यको लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपालीले सक्रियता बढाएका छन्। लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपालीहरु स्थानीय nassau county अन्तर्गत पर्ने Town of Hempstead को निर्वाचनमा मेयर रसुपर भाइजरका उम्मेदवार डन केल्विनलाई जिताउन आव्हान गर्दै लागिपरेका हुन्।

उनीहरुले लङ्ग आइल्याण्डमा एक कार्यक्रमको आयोजना गरि डन केल्विन स्वागत र अभिनन्दन गर्दै समर्थन गरेका छन्। लङ्ग आइलैंड बसोबास गर्ने अगुवा, समाजसेवीहरूको आव्हानमा लेभिटाउनस्थित शंकर भण्डारीको निवासमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा Town of Hempstea supervisor Don clavin , Zahid Syed EXECUTIVE DIRECTOR of town Community Affairs लाई नेपाली टोपी , खादा लगाएर लग आइलैंड नेपाली समाजका अध्यक्ष बसन्त चाँपागाइले स्वागत गरेका थिए। यस्तै नेपाली कांग्रेसका महासमिति पूर्व सदस्य, गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका सल्लाहकार एवं समाजसेवी वेदप्रसाद खरेल, लग आइलैंड नेपाली समाजका पूर्व अध्यक्ष टिका ढकाल, लङ्ग आइल्याण्ड नेपाली समाजका महासचिव बावुराम शर्मा, समाजसेवी धन महर्जनले स्वागत गरेका थिए।कार्यक्रम सन्चालन विकाश खरेल र स्वागत भाषण बावुराम शर्मीले गरेका थिए भने धन्यबाद ज्ञापन बसन्त चापागाइले गरेका थिए ।

सहभागिले नेपाली समुदायको अवस्था र मेयर जितें पछि नेपाली समुदायलाइ गर्नुपर्ने कामहरूको ब्याख्या गर्दै स्वागत गरेका थिए।लङ्ग आइल्याण्डमा नेपाली समुदाय सक्रिय र संगठित भएर स्थानीय चुनावमा लागेको यो दोस्रो पटक हो ।

किन तपाईहरूले रिपब्लिकन पार्टीका Don clavin सहयोग , समर्थन र इन्डोर्स गर्नु भयो भन्ने प्रश्नको जवाफमा “ हामी बसोवास गर्ने स्थान सधै रिपब्लिकन पार्टीका उम्मेदवारले जित्ने र हामी सघै बिपरित घारमा हिडेर स्थानीय स्तरमा बसोबास गर्ने नेपालीले सधै टाउन बाट पाउने सुविधा, सहयोगबाट बन्चित हुने, टाउनसँग सम्बन्ध न रहने र नेपाली समाज खाली कर्मकाण्डी पारामा दसै तिहार मात्र मनाएर बसिरहने भएकाले आफूले नेपालीमूलका अमेरिकीलाई मुलधारको राजनीतिमा सहभागी गराउन आफूले यस्तो पहल गरेको खरेलको भनाई छ। ‘सरकारी निकायबाट पाउने सुविधा पाइँदैन र यो देशको मुलधारमा हाम्रो पहुँच पुग्दैन भने हामी सँधै पछाडि परिन्छ’ खरेलले भने, ‘मैले नेपाली समुदायलाइ यहाँको मुलधारको राजनीति र सरकारी अंग सँग जोडेर हामी र हाम्रा पुस्ताले यहाँ केही गर्ने , केही पाउने बातावरण मात्र बनाउन पहल गरेको हुँ।’