नेहरू संग्रहालयकाे नाम परिवर्तन, कांग्रेसले भन्यो- प्रतिशोधको अर्को नाम मोदी

नेहरू संग्रहालयकाे नाम परिवर्तन, कांग्रेसले भन्यो- प्रतिशोधको अर्को नाम मोदी



नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्ववत पहिचानलाई मेटाउने कार्यलाई निरन्तरता दिईरहेका छन् । 

सोही क्रममा जवहारलाल नेहरुको नाम हटाउने कार्य उनले यसैबखत गरेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीस्थित नेहरू मेमोरियल म्युजियम एण्ड लाइब्रेरीको नाम परिवर्तन गरिदिएका छन् । 

सो नाम परिवर्तन गरेर प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय नामाकरण गरिएको छ  ।

कांग्रेसले नेहरू स्मारकको नाम परिवर्तन गरेकोमा मोदी सरकारलाई खुलेर आलोचना गरेका छन । सो कार्य प्रति टिप्पणी गर्दै कांग्रेस नेता जयराम रमेशले भने, ‘मोदी संकीर्ण सोच र प्रतिशोधको अर्को नाम हो ।’