फ्रान्सको ओलम्पिक मुख्यालयमा प्रहरीको छापा

फ्रान्सको ओलम्पिक मुख्यालयमा प्रहरीको छापा



काठमाडौं । फ्रान्सको प्रहरीले राजधानी सहर पेरिसस्थित ओलम्पिक मुख्यालयमा छापा मारेको छ । आर्थिक अनियमितताको अनुशन्धानका क्रममा प्रहरीले राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा छापा मारेको हो । फ्रान्सले सन् २०२४ को ओलम्पिक खेलकुद आयोजना गर्दैछ ।

३३औं ओलम्पिक खेलकुद आयोजनाको तयारीका क्रममा आर्थिक अनियमितता भएको समाचार प्रकाशमा आएपछि फ्रान्सको प्रहरीले त्यसको अनुशन्धान गरिरहेको छ । फ्रान्सका प्रहरी अधिकारीहरुले आर्थिक अनियमितताको अनुशन्धानका क्रममा छापा मारिएको बताएको छ ।

आगामी ओलम्पिक खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा ब्यापक आर्थिक अनियमितता भएको प्रहरीको आशंका छ । खासगरी ओलम्पिक आयोजकहश्रले भौतिक पूर्वाधार निर्माणका लागि सम्झौता गर्दा आर्थिक फाइदा लिएको प्रहरीको आशंका छ ।

ओलम्पिक आयोजकहरुले भने आफूहरुमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएका छन् । ‘हामी अनुशन्धानकर्ताहरुलाई सघाउन तयार छौं । अनुशन्धानका क्रममा आवश्यक सबै जानकारी पनि उपलब्ध गराइने छ,’ पेरिस ओलम्पिक आयोजक समितिका प्रवक्ताले भनेका छन् ।

पेरिस ओलम्पिक सन् २०२४ को जुलाई २६ देखि अगस्त ११ तारिखसम्म आयोजना हुँदैछ । एजेन्सी