गोलीबारीमा चार इजरायलीको मृत्यु

गोलीबारीमा चार इजरायलीको मृत्यु



काठमाडौं । एली समुदाय नजिकैको ग्यास स्टेशनमा मंगलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् ।

चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए । अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ जसमा एकको अवस्था गम्भीर छ, दुईजना सामान्य घाइते छन् । इजरायल डिफेन्स फोर्सले जनाए अनुसार चार जना घाइते मध्ये एक आम नागरिक हुन् ।

सेनाले एलीको १,००० बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न र ढोका र झ्यालहरू बन्द गर्न भनेको छ । यसैबीच रक्षा मन्त्री योभ ग्यालान्टले स्थितिबारे छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूसँग बैठक गर्ने बताएका छन् ।

आइतबार जेनिनमा भएको भीषण झडपपछि जुडिया र सामरियामा तनाव बढेको छ । सशस्त्र समूहहरूले सडक मुनि गाडिएको ४० किलो बम निस्तेज पारेको छ ।

यता हमासका प्रवक्ताले आक्रमणको प्रशंसा गरेका छन् । एजेन्सी