सेयर बजारमा उच्च अंकको वृद्धि

सेयर बजारमा उच्च अंकको वृद्धि



काठमाडौं । मंगलबारको कारोबार सकिँदा सेयर बजारमा ५६.९४ अंकको वृद्धि भएको छ । उक्त अंकको वृद्धिले नेप्से २१८६ कायम भएको छ ।

मंगलबार १८७ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ३४ कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।

मंगलबार लगानीकर्ताहरुको धेरै आकर्षण भने लघुवित्तमा देखिएको छ । निर्धन लघुवित्त, डिप्रोस लघुवित्त, नेरुदा लघुवित्त, गा्रमिण विकास लघुवित्तलगायत अन्य १७ लघुवित्तको मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लाग्दै कारोबार बन्द गरिएको थियो । समग्रमा लघुवित्त उपसमूह ३५३ अंकले वृद्धि भएको छ ।

यसबाहेक बैंकिङ उपसमूह ४८, विकास बैंक ५३, वित्तिय ८३, जीवन बीमा उपसूमह ९४ अंकले वृद्धि भएको छ ।