हटकेक मोडल ‘सकम्बरी’ अब चलचित्रमा

हटकेक मोडल ‘सकम्बरी’ अब चलचित्रमा


ग्लोब नेपाल
297
Shares

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियो अभिनयपछि रातारात चर्चाको केन्द्र बनेकी मोडल हुन् कुसुम शर्मा । ‘सकम्बरी’ अर्थात् कुसुम यतिखेर मनाेरञ्जन क्षेत्रकी हटकेक हुन् भन्दा फरक पर्दैन ।

उनी यतिखेर विभिन्न म्यूजिक भिडियोहरुमा व्यस्त छिन् । अब भने उनी म्यूजिक भिडियो मोडल मात्र नभई नेपाली चलचित्रमा नायिकाकाे रुपमा डेब्यू गर्ने भएकी छिन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’ मा उनको अभिनय रहने भएको हो । फिल्ममा उनी अभिनेता आर्यन सिग्देलको जोडी बन्न लागेकी हुन् । निर्देशक श्रेष्ठले फिल्मको पोष्टर कुसुम र सिग्देललाई राखेर सार्वजनिक गरेका छन् ।

हेरौं हटकेक मोडल कुसुम शर्माका तस्विरहरु :