‘सैयारा’ले नेपालमा ९ करोडभन्दा बढी कमायो

‘सैयारा’ले नेपालमा ९ करोडभन्दा बढी कमायो



काठमाडौं। बलिउड फिल्म सैयारा’ले नेपालमा ग्रस ९ करोड रुपैयाँ नाघेको छ। ‘सिनेपाः बक्सअफिस’को तथ्यांक अनुसार आइतबार बेलुकासम्म फिल्मले यो आम्दानी गरेको हो।

सन् २०२५ मा नेपालमा रिलिज भएका विदेशी फिल्ममध्ये ‘सैयारा’ सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनिसकेको छ। नयाँ फिल्महरूले यसको कमाइलाई खासै असर नपारेको देखिन्छ।

यो गति कायम रहँदा फिल्मले चाँडै १० करोड रुपैयाँको ग्रस कमाइ पार गर्ने अनुमान गरिएको छ।

फिल्म निर्देशक मोहित सुरीको पछिल्लो ब्लकबस्टर यो फिल्मले सशक्त संगीत र नयाँ कलाकारहरूको अभिनयले दर्शकको मन जितेको छ। फिल्मबाट अहान पाण्डे र अनित पड्डालाई पनि ठूलो लोकप्रियता प्राप्त भएको छ।