पोखरा । पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्नेछन् ।
भेलाको उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले संघीयताका विरुद्ध जोडजोडका साथ जनमत सिर्जना गर्ने काम भइरहेको आरोप लगाए ।
प्रदेश सरकार स्थापना भएको छैटौं वर्षसम्म आइपुग्दा राजधानी ताक्ने, नामाकरण गर्ने काम र ऐनकानुन बनिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।
संघीयता कार्यान्वयनमा सहजताका लागि अन्तर प्रदेश बैठक राखिएको पाण्डेको भनाइ थियो ।
भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन् ।
प्रतिक्रिया