अरुण काबेलीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण काबेलीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । अरुण काबेली पावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आइतबारसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यस कम्पनीले हकप्रद सेयरको लागि साेमबार बुक क्लोज गर्दै छ । तसर्थ, आज आइतबारसम्म कायम रहने सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । 

यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब  ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।