सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध



डडेल्धुरा । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलाबाहेक सुदूरपश्चिमका ६ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो ।

नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाँडामा मुख्य टावरको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

अत्तरियादेखि स्याउले सबस्टेसन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको विद्युत् प्राधिकरणले जनाएको छ ।

मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राधिकरणसहितको टोली रुवसकाँडातर्फ गएको जनाइएको छ ।