प्रि-ओपन सेसनमा नेप्से सूचक साढे २ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक साढे २ अंकले बढ्यो



काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक २.४८ अंकले बढेको छ । यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ । ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ पटक कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।