महिला विश्वकप : काेलम्बिया र फिलिपिन्स विजयी

महिला विश्वकप : काेलम्बिया र फिलिपिन्स विजयी



काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा काेलम्बियाले दक्षिण काेरियालाई हराएकाे छ ।

आज मङ्गलवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा काेलम्बियाले दक्षिण काेरियालाई २–० गाेलले हरायाे । काेलम्बियाका लागि क्याटालिना उस्मेले खेलकाे ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘एच’ मा रहेकाे काेलम्बियाले ३ अङ्क जाेडेकाे छ ।

यस्तै आजै न्युजिल्यान्डकाे वेलिङ्टन रिजनल स्टेडियममा भएकाे खेलमा फिलिपिन्सले घरेलु टाेली न्युजिल्यान्डलाई १–० गाेलले हराएकाे छ । फिलिपिन्सका लागि सरिना बाेल्डेनले खेलकाे २४ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे फिलिपिन्सले ३ अङ्क जाेडेकाे छ । यस्तै अहिले पाैने २ बजे समूह ‘ए’ का स्विट्जरल्यान्ड र नर्वे खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।