महिला विश्वकप फुटबल : स्विट्जरल्यान्ड र नर्वेकाे बराबरी

महिला विश्वकप फुटबल : स्विट्जरल्यान्ड र नर्वेकाे बराबरी



काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन् । आज मङ्गलवार न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे खेलमा स्विट्जरल्यान्ड र नर्वेले गाेलरहित बराबरी खेलेका हुन् । याे बराबरीसँगै समूह ‘ए’ का टाेलीले १/१ अङ्क बाँडेका छन् ।

यसअघि आजै भएकाे खेलमा काेलम्बियाले दक्षिण काेरियालाई २–० र फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गाेलले हराएकाे छ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।