चिनियाँ परराष्ट्रमन्त्री काङ बर्खास्त

चिनियाँ परराष्ट्रमन्त्री काङ बर्खास्त



काठमाडौं । चीन सरकारका परराष्ट्रमन्त्री छिन काङ पदबाट बर्खास्त भएका छन् ।

तीन सातायता काङ सार्वजनिक स्थानमा देखिन छाडेका थिए । उनको बर्खास्तीको कारणबारे भने केही जानकारी सार्वजनिक भएको छैन ।

राष्ट्रपति सी चिनफिङका निकट मानिएका काङ अचानक बर्खास्तीमा परेपछि यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

अब परराष्ट्रपमन्त्रीको जिम्मेवारी वाङ यीले पाउने भएका छन् । नेपाल मामिलाका पनि जानकार मानिने वाङ भने दोस्रो पटक परराष्ट्रमन्त्री बनेका हुन् । उनी यसअघि २०१३ देखि २०२२ को डिसेम्बरसम्म परराष्ट्रमन्त्री थिए। गत डिसेम्बरमा वाङपछि काङले नै परराष्ट्र मन्त्रालय सम्हालेका थिए ।

५७ वर्षीय काङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूतसमेत थिए ।