भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बुधबार मोदी सरकारविरुद्ध विपक्षी गठबन्धन ‘इन्डिया’ अर्थात् इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्सले अविश्वास प्रस्ताव दर्ता गरेको हो । मंगलबार नै यो विषयमा निर्णय भएको बीबीसी हिन्दीले जनाएको छ ।

सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

यद्यपि, विपक्षी सांसदहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति माग गरेका थिए ।

प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस गरे पनि विपक्षी गठबन्धनले प्रस्ताव पास हुने विश्वास गरेको छैन । किनकि भारतको संसदमा सत्तारुढ गठबन्धन प्रस्ट बहुमतमा छ । तर अविश्वास प्रस्ताव पेस भइसकेपछि संसदमा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसदमा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।