महिला विश्वकप : पाेर्चुगल र नाइजेरिया विजयी

महिला विश्वकप : पाेर्चुगल र नाइजेरिया विजयी



काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा पाेर्चुगलले भियतनामलाई हराएकाे छ । आज बिहीवार न्युजिल्यान्डकाे एफएमजी स्टेडियममा भएकाे खेलमा पाेर्चुगलले भियतनामलाई २–० गाेलले हरायाे । पाेर्चुगलका लागि तेल्मा इन्कारनाकाे र फ्रान्सिस्का नजरेथले गाेल गरिन् ।

आजको जितसँगै पाेर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह ‘ई’ को तेस्राे स्थानमा छ । दुवै खेल हारेको भियतनाम प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।

आजै न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १/१ गाेलकाे बराबरी खेलेका छन् । आजै पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

त्यसैगरी, आजै बिहीवार ब्रिस्वेनमा भएको खेलमा नाइजेरियाले अस्ट्रेलियालाई ३–२ गाेलले हरायाे । नाइजेरियाका लागि उचेना कानु, ओसिनाची ओहाले र असिसत ओशाेआलाले १/१ गाेल गरिन् । अस्ट्रेलियाका लागि इमिली भान एगमन्ड र अलान्ना केन्नेडीले १/१ गाेल गरिन् । एक गाेलले पछि परेकाे नाइजेरियाले उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियालाई ३–२ गाेलले हराएकाे हाे ।

याे जितसँगै नाइजेरिया २ खेलमा ४ अङ्कका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ । आयोजक अस्ट्रेलिया उति नै खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।

आजै भएको समूह ‘ई’ काे खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएकाे छ । यस्तै समूह ‘ई’ कै अर्काे खेलमा अमेरिका र नेदरल्यान्ड्सले १/१ गोलको बराबरी खेलेका छन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।