कोलोराडोमा दरखाने कार्यक्रम आयोजना हुँदै

कोलोराडोमा दरखाने कार्यक्रम आयोजना हुँदै



कोलोराडो अमेरीका । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरु एकै ठाँउमा भेला भई नाँचगान गर्दै सामुहिक रुपमा दरखाने भएका छन् । प्रवासमा रहेका महिला दिदीबहिनिहरुलाई एक्लो भएको महसुस नहोस् र सबै दिदीबहिनी एकै ठाँउमा जम्मा भई सुख दु:ख साटासाट गर्दै, माईतीको झल्को मेटाउन Sister Group दिदीबहिनी समूह Colorado ले दरखाने कार्यक्रम आयोजना गर्न लागेको संस्थाका संयोजक धन पौडेलले बताएकी छिन् । यस्ता कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचान गराउन समेत सहयोग पुग्ने उनको भनाई छ ।

दरखाने कार्यक्रम यही अगष्ट १९ तारिक शनिबारका दिन साँझ ५ बजेदेखि राती ९ बजेसम्म ( 3295 W 72 Ave. Westminster ) सञ्चालन हुने बताइएकाे छ । कार्यक्रमबारे फेसबुकमा ईभेन्ट बनाएर राखिएको र यदी कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सुचनालाई आधार मानी कार्यक्रममा सहभागी भइ सफलताका साथ सम्पन्न पार्न सहयोगको लागी संयोजक पौडेलले सबैलाई अनुरोध गरेकी छिन् ।