काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा तत्कालीन अवस्थालाई हेरेर मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।
केशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरेर नयाँ सरकार बनाउन आदेश दिएपछि दलहरुले बहुमत जुटाउन राप्रपासँग छलफल गरेपछि असन्तुष्ट भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा मध्यावधिमा जानु उपयुक्त हुने बताएका हुन् ।
उनले ट्वीट गर्दै लेखेका छन् ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ? यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने’!
सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरे पछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिए पछि कोशी सरकार निर्माणमा थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निर्माणमा गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको विकल्प सुझाएका हुन् ।
प्रतिक्रिया