प्रि ओपन सेसनमा नेप्से सूचक साढे २ अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से सूचक साढे २ अंकले घट्यो



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । यससँगै सूचक  २०९७.८४ विन्दुमा आएको छ । १ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको १४ सय १४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा अरु ४ वटैको मूल्य घटेको छ ।