प्रि ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो



काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.८४ अंक बढेर २१०६.१८ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१२ अंक घटेर २१०६.०६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा १५ स्टकको २ लाख ८० हजार ७०५ रुपैयाँ २५ पैसाबराबरको ८७५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।