माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना सहभागी हुने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना सहभागी हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा ७ सय ५८ जना सहभागी हुने भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पूर्ण केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, तीनवटा आयोगका ७५ र १० वटा प्रदेश कमिटीका पदाधिकारी एक सय जना सहभागी हुने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

भोलिको बैठक समयमै सुरु गर्न तयारी भइसकेको छ ।

माओवादी केन्द्रमा अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन अयोग गरी तीन आयोग छन् । ७ वटा भौगोलिक प्रदेश तथा उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीनवटा गैर-भौगोलिक प्रदेश समिति छन् ।