काठमाडौं । नेकपा (माओवादीले केन्द्र)ले केन्द्रीय समिति सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै अब माओवादी केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । वैकल्पिक केन्द्रीय सदस्य हाल १९९ छन् ।
राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा महिला प्रतिनिधित्व र छुटेका नेता समेट्न विधान संशोधन गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले संगठन सुदृढीकरणका लागि तीनमहिने अभियान सञ्चालन गरेपछि विधान सम्मेलन गर्ने सांगठनिक प्रस्ताव पेस गरेका छन् । उनले विधान सम्मेलनपछि फेरि तीनमहिने अभियान चलाउने विशेष महाधिवेशनको तयारी गर्ने सांगठनिक दस्तावेजमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया