इटालीलाई हराउँदै दक्षिण अफ्रिका महिला विश्वकपकाे अन्तिम १६ मा

इटालीलाई हराउँदै दक्षिण अफ्रिका महिला विश्वकपकाे अन्तिम १६ मा



काठमाडौं । दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबल २०२३ काे अन्तिम १६ मा पुगेकाे छ ।

आज बुधवार न्युजिल्यान्डकाे वेलिङ्टन रिजनल स्टेडियममा भएकाे खेलमा इटालीमाथि ३–२ गाेलकाे राेमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेकाे हाे । दक्षिण अफ्रिकाका लागि बेनीडेटा ओर्सी, हिल्दाह मगाया र थेम्बी केगाटलानाले १/१ गाेल गरे । इटालीका एरियाना करुसाेले २ गाेल गरिन् ।

इटालीले खेलकाे ११ मिनेटमै करुसाेकाे गाेलमार्फत अग्रता लिएकाे थियाे । तर ३२ मिनेटमै दक्षिण अफ्रिकाले आत्मघाती गाेल उपहार पाउँदा खेल बराबरीमा पुगेकाे थियाे । फेरि दक्षिण अफ्रिकाले ६७ औँ मिनेटमा मगायाकाे गाेलमार्फत अग्रता लिएकाे थियाे । त्यसकाे ७ मिनेटपछि इटालीकी करुसाेले अर्काे गाेल गर्दै खेल बराबरीमा ल्याइन् । तर इन्ज्युरी समयकाे २ मिनेटमै केगाटलानाले गाेल गर्दै दक्षिण अफ्रिकालाई जिताइन् ।

याे जितसँगै दक्षिण अफ्रिका ४ अङ्कसहित समूह ‘जी’ काे उपविजेता बनेकाे छ । इटली ३ अङ्कसहित तेस्राे स्थानमा रहँदै प्रतियाेगिताबाट बाहिरिएकाे छ । अब दक्षिण अफ्रिकाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।