बंगलादेशमा डेंगुका कारण झन्डै तीन सयको मृत्यु, बिरामीले अस्पताल भरिए

बंगलादेशमा डेंगुका कारण झन्डै तीन सयको मृत्यु, बिरामीले अस्पताल भरिए



ढाका । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०२३ मा हालसम्म डेंगुका कारण २९३ जनाको मृत्यु भइसकेको छ भने करिब ६१ हजार ५०० जना संक्रमित भएका छन् ।

बंगलादेशको स्थानीय पत्रिका द ढाका ट्रिब्यूनका अनुसार, ‘राजधानी ढाकामा डेंगु ज्वरोले ठूलो सङ्ख्यामा मानिसहरूलाई त्रसित बनाएको छ। जनताले उपचार समेत पाउन नसकेको अवस्था छ । स्वास्थ्यमन्त्री जाहिद मलिकले देशको बिग्रँदै गएको अवस्थालाई लिएर सरकारले व्यापक सचेतना अभियान चलाएको बताए । सरकारले लामखुट्टेबाट सर्ने रोग नियन्त्रणका लागि सचेतना अभियान र वर्षापछि लामखुट्टेको लार्भा हटाउने प्रयासलगायत विभिन्न पहल गरेको छ ।’