नदीहरूमा जल सतह बढेपछि म्यान्मामा १८ हजारभन्दा बढी विस्थापित

नदीहरूमा जल सतह बढेपछि म्यान्मामा १८ हजारभन्दा बढी विस्थापित



याङ्गुन । म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

केइन राज्यका छवटा टाउनशिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिदैछ,” केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

थानल्विन नदी सहित केइन राज्यका विभिन्न नदीहरूमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा-आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् ।

यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेल मार्गहरू मङ्गलबार बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीको कारण डुबानमा पारेका छन् ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ । बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी पनि जारी गरेको छ ।

बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो बएको बताएका छन् । “मेरो घरको भुइँ तल्ला हाल डुबेको छ ।”

बागोका तल्लो क्षेत्रका केही बासिन्दाहरूलाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् ।