काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टाइकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन् । उनले भद्रकाली मन्दीरमा आफ्नी प्रेमिका लिना प्रधानसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेका छन् ।
विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ । लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो । उनले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत पारो एफसीविरुद्ध प्लेयर अफ द म्याच बनेपछि लिनालाई नै गोल समर्पण गर्दै खुसी साटेका थिए ।
उनले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट बिदा लिएका थिए ।
प्रतिक्रिया