भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण

भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण



काठमाडौं । भारतीय अन्तरिक्षयान चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमाको धरातलमा अवतरण भएको हो ।

भारतको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा अवतरण भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौथो देश बनेको छ ।

अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो एक अविश्मरणीय भएको बताएका छन् । अवतरणको दृश्यलाई भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका प्रधानमन्त्री मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु हो । जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खोजी गर्नु रहेको छ । चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको भनाइ छ ।