क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । न्यायाधीश पण्डित रहेको इजलास नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन: अन्तिम पेशी तोकेको हो ।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।