काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दा आइतबार हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासको पेसी सूचीको पाँचौँ नम्बरमा परेको थियो ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन: अन्तिम पेशी तोकेको थियो ।
१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया