काठमाडौं । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।
आइतबार साँझ ७ बजेबाट उनी सम्पर्क विहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ ।
बडीगार्डलाई पनि छाडेर एक्लै निस्किएका पण्डितकाे नेटवर्कको समस्याले गर्दा खोजीमा केही जटिल भएकाे छ ।
प्रतिक्रिया