इस्लामाबाद । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा मङ्गलवार रोक लगाएको छ ।
यो रोक तोसाखाना मामिलामा लगाइएको हो । इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ ।
इस्लामाबाद उच्च अदालतले सोमबार यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो । इमरान खानलाई पाँच अगस्टमा तोसाखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्टले तीन वर्षको सजाय सुनाएको थियो ।
अदालतको आदेश लगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो ।


प्रतिक्रिया