नेकको प्रिन्सिपलमा दुर्गाप्रसाद भण्डारी नियुक्त

नेकको प्रिन्सिपलमा दुर्गाप्रसाद भण्डारी नियुक्त



भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् ।

यसअघि सहायक प्रिन्सिपल रहेका इन्जिनियर भण्डारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाइ कार्यकारी प्रिन्सिपल नियुक्ति दिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपलमा नियुक्त गरेको हो ।  उनी इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेश इन्जिनियर हुन् ।

पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यो कलेज पुल्चोक इन्जिनियरिग कलेज पछिको दोश्रो उत्कृष्ट कलेज मानिन्छ । नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक संस्थाको रुपमा यो कलेज सञ्चालित छ । कलेज भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको छ ।