काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् ।
उलने सलमानलाई ५ रनमा क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे ।
हाल २८ ओभरको खेल सकिँदा पाकिस्तानले चार विकेट गुमाएर १२४ रन बनाएको छ । पाकिस्तानबाट हाल क्रिजमा रहेको कप्तान बाबर आजम ४९ र इफ्तिखर अहमेद शून्यमा खेलिरहेका छन् ।
एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो ।
एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।
प्रतिक्रिया