नेपालले गुमायो दुई ओभरमा तीन विकेट

नेपालले गुमायो दुई ओभरमा तीन विकेट



काठमाडौं । एसियाकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ । मुल्तान स्टेडियममा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले दुई ओभर समाप्त नहुँदै तीन विकेट गुमाएको हो ।

नेपालका दुई ओपनर कुशल भुर्तेल र आसिफ शेख र कप्तान रोहित पौड्यल आउट भएका हुन् । कुशल र रोहित साहिन्सा अफ्रिदीको बलमा आउट भए भने आसिफ नसिम शाहको बलमा आउट भए ।

यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।