काठमाडौं । हेलो सरकार आजदेखि २४ घन्टा नै खुला हुने भएको छ । हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो ।
जनगुनासो सुन्न नयाँ प्रविधि तथा २४ सै घन्टा तीन सिफ्टमा सञ्चालन गर्ने गरी सरकारले सुरु गर्ने सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले बताए । अब जुनसुकै स्थानबाट गुनासो टिपाउन सकिने भएको छ।
सरकारले जनताले दिएको गुनासो फर्स्याेट गर्न र्यापिट रेस्पोन्स टिमसमेत गठन गरेको छ । आएको गुनासो तत्काल रेन्पोन्स गर्ने र फर्स्याेट गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आम जनताको गुनासा सुन्न र सम्बोधन गर्न हेलो सरकार सेवा सुरु भएको थियो ।
प्रतिक्रिया