फुङलिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । आइतबार भएको खेलमा पाहुना टोली युनाइटेड खार्साङ दार्जिलिङलाई हराउँदै रेडस्टार फुटवल क्बल झापाले अन्तिम चारमा स्थान सुरक्षित बनाएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।
रेडस्टारसँगै जुटविकास फुटबल एकेडेमी सुनसरी, रेडहर्स इलाम, पथरी ११ मोरङले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । सोमबार हुने पहिलो सेमीफाइनल खेलमा जुटविकास सुनसरीले पथरी ११ को सामाना गर्ने छ ।
आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा १–० गोल अन्तरले झापा विजयी भएको हो । झापाका लागि विदेशी खेलाडी ग्लोरीलले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।
लाखे मेलाको अवसरमा आयोजना भएको फुटबल प्रतियोगितमा आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता हेर्न भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा उल्लेख्य दर्शकको उपस्थिति थियो ।
प्रतियोगिता बिहीबार सुुरु भएको थियो । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १ सय ११ रुपैँया नगदसहित ट्रफी पाउने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । उपविजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी पाउने छ ।
प्रतिक्रिया