काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एकजनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमन खरेल छन् । बुटवल घर भएका सुमनलाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए । खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २६ पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । हङकङबाट असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको थाहा भएको छ ।
प्रतिक्रिया