नेपालद्वारा भारतलाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा भारतलाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । ओपनर आसिफ सेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले जिवनदानको भरपूर सदुपयोग गर्दै अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गर्यो ।

अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे ।

ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।