ब्राजिलमा आँधीका कारण २७ जनाको ज्यान गयो

ब्राजिलमा आँधीका कारण २७ जनाको ज्यान गयो



काठमाडौं । ब्राजिलमा सामुद्रिक आँधीपछिको वर्षा र हावाहुरीका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । आँधीकार काण धेरै मानिस बेपत्ता भएका छन् ।

हजारौँ मानिस विस्थापित भएका र सयौँलाई घरको छतबाट हेलिकप्टरमार्फत उद्धार गरिएको उद्धार अधिकारीहरूलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले देशमा थप बाढी आउन सक्ने भन्दै सुरक्षित रहन आग्रह गरेका छन् । उनले उद्धार र राहतका लागि तयारी अवस्थमा बस्न सम्बन्धित निकायलाई निर्देशन दिएकाे पनि अल जजिराले जनाएको छ ।

रियो ग्रान्डे डो सूलका गभर्नरले राज्यले भोगेको याे अहिलेसम्मकै मौसमसम्बन्धी ठूलो प्रकोप भएको बताएका छन् । राज्यमा पछिल्लो २४ घण्टामा तीन सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।