गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश

गौशाला २६ को जन्मदर्ता पुनः प्रमाणीकरण गर्ने आदेश



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र पुनः प्रमाणीकण गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भए पनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो ।

यसअघि, गत साउन ३२ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि त्यसदिन न्यायाधीश राजुकमार खतिवडाको इजलासले पीडित गौशाला २६ (छ) की आमाको उमेर एकीन गर्ने आदेश गरेको थियो ।

त्यसपछि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसदिन न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो ।