काठमाडौं । आज (असोज १) देखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सक्ने भएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो ।
यसअघि विभागमा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो ।
गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानीको शुल्क पनि ५ हजार रुपैयाँ नै बनाएर त्यही राहदानी दिइरहेको थियो ।
अहिले ६६ पृष्ठको राहदानी सकिएको छ । अब केही समय ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराउने छ । आइतबारसम्म आवेदन दिएकाहरूले ६६ पृष्ठको राहदानी पनि पाउने छन् ।

प्रतिक्रिया