पाकिस्तानमा ७० वर्षिया वृद्धा र ३५ वर्षिया युवकको विहेको चर्चा चुलियो

पाकिस्तानमा ७० वर्षिया वृद्धा र ३५ वर्षिया युवकको विहेको चर्चा चुलियो



लाहोर । तपाईँले सामाजिक सञ्जालमा अनौठो विवाह देख्नु भएको होला । जसमा प्रेमीले आफ्नो प्रेमीकालाई मनाउन हरसम्भव प्रयास गर्छ । तर यो समाचार सामाजिक सञ्जालका त्यस्ता समाचारहरूभन्दा केही फरक हुनसक्छ । यो ३५ वर्षको दुलहाले ७० वर्षकी वृद्धासँग विवाह गरेको कुरा हो । यो समाचार पाकिस्तानको हो । यो विवाहले फेरी चर्चा पाएको छ । 

३५ वर्षका नइम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए । उनले क्यानडाकी ७० वर्षीया मरियम मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए । यी दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको प्रेममा पर्न थाले । त्यो मायाको ज्वरोले ७० वर्षकी मेरी र नइमको विवाहमा परिणत गराउने कार्य गर्‍यो।

पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुबै नजिक भएको बताए । दुबैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए । सन् २०१५ मा क्यानडाकी ७० वर्षीया मेरीले उनलाई प्रपोज गरेकी थिइन् । सन् २०१७ को अगस्टमा उनीहरुले क्यानडामा विवाह गरेका थिए । तर यही क्रममा नइमले क्यानडामा भिसासम्बन्धी समस्या झेल्न थाले । जसका कारण दुवै क्यानडामा सँगै बस्न सकेनन् ।

७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान आएकी थिइन् । अन्तत: मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन् । केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन् । तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन् ।

उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नइम भन्छन्,  मेरी मानसिक रूपमा विचलित थिइन् । उनी निकै बुढी भइसकेकी छिन् । उनी आर्थिक रुपमा पनि कमजोर छिन् । मामूली पेन्सनमा मात्रै बाँचेकी छिन् । हामी बीचको उमेरको भिन्नता के हो ? मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’ 

उनीहरुको घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए ।