सरकार र आन्दोलनरत शिक्षक वार्तामा

सरकार र आन्दोलनरत शिक्षक वार्तामा


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित वार्तामा बसेका हुन् ।

संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौँमा सडक आन्दोलन सुरु गरेका छन् ।आज पनि आन्दोलन जारी राख्ने बताएका उनीहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् ।

यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् ।