काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द छन् : नगर प्रहरी

काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द छन् : नगर प्रहरी



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएकाे जानकारी दिएकाे छ । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलन गरेकाेले विद्यालय बन्द भएको हाे ।

विद्यालयको अनुगमन गर्न नगर प्रहरी खटिएको थियो । अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएकाेले विद्यालय बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा पठाउने नगर प्रहरीकाे तयारी छ ।

महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवदेन तयार गरेको आवश्यक कारबाहीको लागि कार्यपालिकामा पेश गर्ने तयारी गरेको छ ।

काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो । सोही आह्वान अनुसार आज काठमाडौंका शिक्षकहरु आन्दोलनमा गएका हुन् ।