ब्रोकर नं. ४६ को नयाँ शाखा बुटवलमा

ब्रोकर नं. ४६ को नयाँ शाखा बुटवलमा



बुटवल । कालिका सेक्युरिटिज प्रा.लि. (स्टक ब्रोकर नं. ४६)ले बिहीबार बुटवलबाट कारोबार सुरु गरेको छ । कम्पनीले बुटवलको पुष्पलाल चोकनजिकै मैत्रीपथमा आफ्नो शाखा कार्यालय विस्तार गरेर कारोबार सुरु गरेको हाे ।

आफ्नो कम्पनीको व्यवसाय प्रवर्द्धन गर्नका लागि देशका विभिन्न ठाउँहरुमा रिमोट वर्क स्टेसन (आरडब्ल्यूएस) / शाखा कार्यालयहरु स्थापना गरी कारोबार सञ्चालन गर्न पाउने कानुनी प्रावधानबमोजिम नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको अनुमति लिएर आफ्नो कम्पनीको तेस्रो शाखाका रुपमा बुटवलमा कारोबार सुरु गरिएको कम्पनीका अध्यक्ष कुमार लुइँटेलले बताए ।

यसअघि बाँके जिल्लाको नेपालगन्ज र महोत्तरी जिल्लाको बर्दिबासमा कम्पनीका दुईवटा शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् । कम्पनिको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको छ ।