सरकार र शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता जारी

सरकार र शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता जारी



काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता जारी छ । बेलुकी पौने ७ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको हो ।

वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई र ती मन्त्रालयका सचिवहरु छन् । यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागि छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।