काठमाडौं । राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ई: र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ । मंगलबार दिउँसो साढे २ बजे वार्ता हुने मेयर बालेन शाहकाे सचिवालयले जानकारी दिएकाे छ ।
वार्तामा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, दुईजना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेनको सचिवालय प्रतिनिधि बस्ने तय भएको छ । आन्दोलनरत पक्षबाट अभियन्ता ईः, कानुन विज्ञ, शहरी विकास विज्ञसहित ४ जनाको टोली जानेछ । वार्तामा मेयर बालेन शाह भने नबस्ने भएका छन्
फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्नेलगायतका माग राखेर ईःसहितका अभियन्ता काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह बाहिर उभिइरहेका छन् ।
प्रतिक्रिया