डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता

डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिवद्धता



काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

पोखराकाे मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ । साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐन अनुसार नै कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएकाे छ ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो ।